२ दशक अघि व्यान्डहरु निर्माण हुने क्रममा आपनो सांगीतिक छाप छोडन सफल व्यान्ड मध्य एक हो स्काई व्यान्ड । डाँडैमा मेला लागेछ बोलको गीत त्यति वेला हरेक नेपालीको मुखमा झुन्डीएको गीत हो । तर समय परिवर्तनशिल छ, यस मोड बाट गुज्रीनु पर्यो स्काई व्यान्डलाई पनि । आपनो रोजिरोटी को लागि अन्यत्र जने क्रममा उक्त व्यान्डका एक सदस्य भोकलका दुर्गा काजी शाक्य पनि लागे विदेशी भुमी डेनमार्क तर्फ ।
तिनै व्यान्ड सदस्य भोकलीस्ट दुर्गा काजी शाक्यले आपनो सांगीतिक तृष्णा मेटाउन नेपालमा आएर हालै नया संग्रह तयार पारेका छन् एल्वम नक् । संग्रह नक् मा ४वटा नया गीत र ५ वटा आपना हिट नंम्बरहरु समाविष्ट गरिएको छ । संगीतकार विजु वज्रले ३ वटा खोलीको जलुकि, आपनो मान्छे, भत्कियो गुँड बोलको संगीत गरेका छन् भने ओ पि्रय तिमीलाई वोलमा शव्द र संगीत पुकार श्रेष्ठको र अन्य ३ गीतमा शव्द श्रमिक बराल, पुकार श्रेष्ठ र विजु वज्रको रहेको छ ।
खोली को जलुकी बोलको म्युजिक भिडियो निर्माण समाप्ती संगै प्रशारण को तयारी मा रहेको छ । उक्त गीतको भिडियो निर्देशन विजु वज्रको, छायांकन रवि सयामी र सम्पादन विनयको रहेको छ भने मोडलमा सिम्पल खनाल, नम्रता सापकोट र गायक दुर्गा काजी शाक्य स्वयंम रहेका छन् ।
स्काई व्यान्डको नक् एल्वम लाई बजार व्यवस्थापन मिथीला मल्टी मिडिया ले गरेको छ । गायक दुर्गा काजी शाक्य को पुःन आगमन लाई स्वागत गर्दै एल्वमको सफलताको शुभकामना फुर्सदको तर्फ बाट ।।।