व्यापरिक संस्थाहरुले खेलकुद,कला,साहित्य,संगीतमा
लगानी गर्ने एउटा ट्रेन्ड् नै चलेको छ आज भोलि नेपालमा पनि । विगतको पछिल्लो केहि वर्षबाट एनसेल्ले पनि संगीत क्षेत्रमा रहेर कार्यक्रम गर्दै आएको छ, सहि कार्यको निरन्तरत यस पाली पनि जारी राखेको छ रक संगीत यात्रा को आयोजना गरेर ।
असोज १३ बाट नेपालका प्रमुख ६ सहरहरु धनगढी, बुटवल, नारायणघाट, विरगन्ज, धरान र पोखरामा हुने
उक्त रक संगीत यात्रामा चर्चित गायक गायिकाहरु निमा रुम्वा, एडि्रयन प्रधान, सुगम पोखरेल, कमल खत्री, श्रेया सोताङ, रजिना रिमाल र दि लिजेन्ड ब्यान्डले आपना वेजोड प्रस्तुतीहरु दिने छन् ।
दशैंको अवसरमा दर्शकहरुलाई संगीतमय शुभकामना प्रदान गर्न त्यस्तै अर्को कार्यक्रम आयोजना हुन गईरहेको छ । सेप्टेम्बरको २१ र २२ मा डेनमार्कमा रहेका नेपाली र केहि विदेशी व्यान्डले स्वदेशमा रहेका लोकपि्रय म्युजिकल व्यान्डहरु संग नेपाल म्युजिक फेष्टिभलको आयोजना गर्ने लाग्दैछ । परिन्दे, १००१ वेज, कभवेभ, मुक्ति एण्ड रिभाइवल, १९७४ ए.डि, सुकर्म र गायिका आस्था तामाङ्ग मास्के को प्रस्तुतीले जाउलाखेलको फुटबल ग्राउन्ड गुन्जयमान हुनेमा कुनै दुईमत देखिन्दैन ।