विदेशमा वसेका नेपालीहरुले नेपाललाई मात्र होइन नेपाली कला साहित्य र संगीतलाई पनि त्यतिकै माया र सम्मान गर्छन इतिहास साक्षी छ र वर्तमानमा पनि यो क्रम जारी छ र भविष्यमा क्रम भंग हुने कुनै सम्भावना छैन किनकी नेपाली मुटुमा नेपाल प्रति विछट्टै माया छ ।
अष्ट्रेलिया जुन महादेशमा पनि हाम्रा नेपालीहरु रहेका छन् , त्यस मुलुकमा पनि नेपाली संगीतकर्मीहरु लाई कन्सर्टका लागि थुप्रै निम्तो आउने गर्छ, त्यसैले यो निम्तो आएको छ यसपालि द एज्ड व्यान्ड र नेप्साइडेज लाई । नेपाली संगीत क्षेत्रमा आपनो वर्चस्व कायम गरी श्रोताको मन जित्न सफल छन् यी व्यान्डहरु ।
द एज्ड व्यान्डको रक, पप विधामा राम्रो
व्यान्डका रुपमा स्थापित छ भने नेप्साइडेज हिप्पप, आर एन्ड वि विधामा लोकपि्रय ग्रुप हो, त्यसैले यसमा कुनै शंका छैन की अष्ट्रेलिया तातीदैन भनेर ।
अगष्ट १२ मा मेलवोर्न, अगष्ट १९ मा सिड्नी र अगष्ट २६ वि्रजवर्नमा तामझाम सहित यो एतिहासीक कन्र्सट आयोजना हुन गई रहेको छ । यी दुवै व्यान्डलाई शुभ यात्राको कामना ।।।