रेखा शाह विगत २ दशक बाट निरन्तर नेपाली संगीत क्षेत्रमा रहेकि स्थापित गायिका का रुपमा चिनिन्छ । उनले १५ वर्षको कलिलो उमेरवाट सिमसिमे पानीमा नामक लोक गीत वाट चर्चा पाई हाल आधुनिक संगीत विधामा
आपनो कला श्रोता सामु पस्की रहेकी छिन् ।
२०६५ मा द लाईन, २०६७ मा स्मृति र हाल २०६९ मा आकृति नामक गीति संग्रह बजारमा सार्वजनिक गरेकी छन् । यो एल्वममा ७ वटा गीतहरु समावेश गरिएको छ, उक्त गीतहरु गीतकार भुपेन्द्र खड्का को शव्दमा सजिएका छन् भने संगीतकार हरि लम्साल ले संगीतको रंग भरि दिएका छन् ।
तिम्रो हात समाई..... वोल गीतको म्युजिक भिडियो निर्माण भई मिडियामा सार्वजनिक पनि भईसकेको छ, जसमा निर्देशन सुरज शाह, छायाँकन विदुर पाण्डेय, सम्पादन प्रकाश तुलाधरको रहेको छ । कभर डिजाइन डि.जे राजुको र फोटोग्राफी राजिव श्रेष्ठले गरेका छन् ।
आकृति गीतिसंग्रहलाई रेखा शाह फाउन्डेशन ले बजार व्यवस्थापन गरेको छ । गायिका शाह लाई यो एल्वमले थप सफलता दिलाओस, शुभकामना ।।।