सुरेश कुमार विगत दुई दशक भन्दा वढि निरन्तर नेपाली सांगीतक फाटमा ऊर्जावान गायक,संगीतकार,गीतकारका रुपमा चिनिन्छन् । उनका नतोढ भरोसा मेरो, धेरै धेरै कोशिस गरे, प्रीय तिम्रो सम्झना, गाजलुले आँखै छोप्ने जस्ता असख्य सदावहार गीत दिइसकेका सुरेश कुमार संग र्फसदको वसीवियाँलो ।
हिजो आज के मा व्यस्त हुनु हुन्छ ?
नया एल्वम रिलिज गर्ने तर्खरमा छु, सुरेश कुमार वान्स एगेन ५ वर्ष पछि ।
कति वटा गीत समावेश गर्नु भएको छ ?
७ वटा नया र ८ वटा पुरानो गीत गरि जम्मा १५ वटा छन्, सवै आपनो संगीत छन् भने शव्द एउटा विलास राईको छ वाकि त्यो पनि आपनै ।
भिडियो वनाउन कतिको आवश्यक रहेछ ?
ज्यादै आवश्यक रेहछ, सुन्ने भन्दा हेर्ने चलन बढि छ, त्यही भएर ३ वटा भिडियो वनिसक्यो, प्रतिश्पर्धा गर्नु पर्ने, एकलौटि राज चल्न गाह्रो छ । हा..हा...हा..
कन्सर्ट कति को गर्दै हुनु हुन्छ, पहिले र अहिले के फरक पाउनु भयो ?
धेरै भयो कन्सर्ट नगरेको, २ वर्ष जति नै भो, हामीले गाउने प्याट्रन को गीत कम सुनेर हो कि अथवा काठमाडौं मा छ भनेर थाहा नपाएर हो कि, विदेश पनि २००४ पछाडि गएको छैन, जाने इच्छा छ । .jpg)
सि.आर.वि.टी ले कतिको सहयोग गर्दो रहेछ गीत संगीतको उत्थानका लागि ?
पारदर्शी भयो भने त प्रभावकारी हुन्थ्यो, सि.डि पनि आजकाल जान छाडि सक्यो...
यहाँको समकालिन साथीहरु त गीत संगीतमा त्यती हुनु हुन्न आजकल हगी ?
हो भन्या, भेटपनि पातलो छ, सम्झन्छु पेमा लामा, पवन गोले लाई सायद यता नभएर पनि होला ।
गीत संगीतको अहिले ट्रेन्ड डान्सीङ नम्बरमा बढि केन्द्रीत भएको कस्तो लाग्छ ?
मान्छेको जिवन शैली फास्ट भएर पनि होला, तर हामी सुगम संगीतमा लागेकोले त्यता पट्ट िजान नसकिदो रहेछ, मर्मस्पर्शी गीत नगाए सम्म चित्त नवुझ्ने रहेछ, तर यो गीत कालजयी चाहि हुन्छ भन्ने लाग्छ ।
नयाँ संगीतकार संग काम गर्दा कस्तो लाग्दो रहेछ ?
एकदम रमाईलो, सिक्न पाइने रहेछ, सुरेश कुमार, शम्भुजित वास्कोटा संग काम गरे सके, प्रपोजल आए सम्म काम गरि रहन्छु ।
अहिले डिजिटल गायक गायिका धेरै छन्, मान्नु हुन्छ ?
अहिले सुविस्तै छ गाउन गायक गायिकलाई, त्यसलाई प्रयोग नगरेको राम्रो । खोट त लुकाउन सकिन्दैन नि ।
श्रोता सुभचिन्तक लाई के भन्न चहानु हुन्छ ?
सिंगो नेपाली हामी एउटा परिवार हो, त्यो परिवारकै रुपमा वाँची रहोस, जन्मभुमी प्रतिको चोखोमाया नमरोस, आमालाई केहि दिन नसके पनि आशु पनि नदिउ । धन्यवाद ।।।