दिनभरिको भारी बर्षात बिस्तारै थामिँदै थियो । बाटो भिजेकोले गाडीको गति मन्द पारेको थिएँ । सिमसिम परेको पानीमाथि
परेका सडकबत्तीको प्रकशले तयार पारेका बिम्बहरुले त्यस चिसो मौसमलाई अझ रोमाञ्चक तुल्याएको थियो । सुनसान भिजेको सडक, फाट्टफुट्ट चलिरहेका साना गाडीहरुले त्यस दृश्यमा अझ रौनकता थप्दै थियो । म त्यसदिन औघि खुशी र उत्साहित थिएँ ।
किनकि मेरी छोरी दिलाशा विवाह गरे बेल्जियममा बस्न थालेपछि मेरो पहिलोपल्ट प्रत्यक्ष भेट हुँदै थियो । हुन त गएको डेढ वर्षमा दिलाशासँग ई - मेल र फोनमार्फत भेट भए पनि प्रत्यक्ष भेट एकदिनपछि मात्र हुन लागेकोले मेरो खुशीको सीमा नै थिएन । मेरो दुई सन्तान सशाङ्क र दिलाशामध्ये दिलाशा मसँग ज्यादा नजिक थिइन् भने सशाङ्क उसकी आमा सिताष्मासँग । दिलाशा मेरी छोरीमात्र नभइकन मेरो अत्यन्त करिबकी साथी थिइन् र म उनको । हामीबीचको प्रगाढ सम्बन्ध एउटा सामान्य बाबु र छोरीबीचको भन्दा माथि थियो । उनी आपना प्रायः कुराहरु मसँग बजबचभ गर्थिन् । र, म उनीसँग । उनका अपरि पक्व निर्णयलाई मैले सिधै नकार्नुको साटो एक परिपक्व बाबुको हिसाबले सम्झाइबुझाइकन समाधानतिर लगिदिन्थेँ ।अनि हरेक नयाँ कामको थालनी गर्नुअघि मसँग स्वीकृति लिने गर्थिन । जब म उनका समस्याहरु हृल गरिदिन्थे, उनी मलाइ अङ्गालो मार्दै । "I love you papa, you are the best" भन्ने गथिएन । सिताष्माचाही बेलाबेलामा, "तपाईले छोरीलाई बिगार्दै हुनुहुन्छ" । भन्दै गुनासो गर्थिन । तर म चनाखो थिएँ ।
"मलाई सही के हो र गलत के हो थाहा छ, छोराछोरीलाई माया गर्नु र पुल्पुल्याउनु फरक कुरा हो" । भन्ने कुरा उनीहरुले अहिले पाएको सफलताबाट प्रष्ट हुन्छ । त्यसैले मैले आफूलाई एक सफल र असल पिताको रुपमा लिने गरेको छु ।
छोरा सशाङ्कलाई पनि मैले दिने मायाममता र अभिभावकत्वमा कुनै कसर राखिनँ । राख्ने कुरा पनि भएन । आखिर दुवैजना मेरा आँखाका नानी हुन् । फरक यत्ति हो, उसँगको मेरो सम्बन्ध एउटा स्वभाविक र सामान्य बाबुछोराको सम्बन्ध भन्दा माथि उठ्न सकेन वा मैले उठाउन सकिनँ । तैपनि आज ऊ मेरै पेशामा स्थापित हुन सकेको छ । ऊ पनि एक असल छोराको रुपमा आफूलाई प्रमाणित गर्न लागिपरेको छ । मखुशी छु । सन्तुष्ट छु । तर यसका पछाडि मेराभन्दा ठूलो हात सिताष्माको छ । यिनीहरुको लालनपालनमा उनको भूमिका मेरो भन्दा कैयौगुना माथि छ । आज उनीहरु जे छन्, म जहाँ सन्तुष्टी प्रकट गर्छु त्यसको पूरा श्रेय उनलाई जान्छ । जब हामी बुवाआमा भयौ, तीस बर्षअगाडि ल०डनको चिसोमा हाम्रो क्यारियरको टुसा भर्खर मात्रै पलाएको थियो । त्यसमाथि जुम्ल्याहा बच्चाको स्याहार गर्न चानचुने कुरा थिएन । उनले आपनो क्यारियर नै दाउमा लगाइन् । केही वर्ष आपनो मेडिकल प्रेक्टिसलाई अल्पविराम दिइन् । जसले गर्दा उनले आपनो लाइसेन्स प्राप्तिका लागि ठूलै मेहनत गर्नुपर्यो । तर समय वितेको पत्तै भएन । हिजोसम्म तोते बोलीमा पापा-मामा भन्दै लर्खराउँदै हिड्ने कोमल पाइलाहरु आज आफै मजबुत भएर स्वतन्त्र भइसकेका छन् । दिलशा र मबीच झगडा भएमा जसको रिस पहिला शानत हुन्थ्यो उसैले मनाउने गथ्र्यो । यो सब देखर सशाङ्क, " अब नाटक सुरु भयो" । भन्दै गिज्याउने गथ्र्यो । यसैगरी दिनहरु वित्दै गए । तर एकदिन दिलाशा ठूली भइसकिछन् भन्ने कुराको ज्ञात त्यतिबेला भयो, जब उनले अकस्मात विवाहको निर्णय गरिन् । त्यो पनि म फिन्ल्याण्डमा एउटा
कार्यक्रममा सहभागी हुन गएको बेला । म त्यहाँ छँदा उनले फोन गरेर विवाह गर्न लागेको भन्दै छिट्टै लण्डन र्फकन भनिन् । म चकित भएँ । यत्रो ठूलो निर्णय गर्दा एकवचन पनि नसोधेकोमा रिसको सिमा रहेन । "म आउँदिन, म नभएर तिम्रो विवाह रोकिन्न" । भनेर कठोर जवाफ दिए । मैले उनको विवाहको बारेमा सजाएका सम्पूर्ण सपनाहरु च्कनाचुर भएको जस्तो लाग्यो । केही दिन त कार्यक्रममा व्यस्त भएँ तर मनलाई थाम्न सकिन ।आखिर छोरीप्रतिको मायाले मलाई पग्लिन बाध्य बनायो । आँखाअगाडि सम्झनाका तरङ्गहरु प्ैदा हुन थाले । अनि आँसुका धाराहरु थाम्नै नसक्ने गरी बग्न थाले । दुई हप्ताको कायक्रम बीचमै छाडेर विवाह हुने भनेको दिन म लण्डन फर्किए । घरमा कुनै चहलपहल थिएन । म पुग्नेबित्तिकै दिलाशाले मलाई अङ्गालो मार्दै रुन थालिन् । मैले पनि आपनो मन थाम्न सकिन । सशाङ्क सधैझै आपनो पुरानो नाटक सुरु भयो भन्ने भनाइ दोहोर्याउदै थियो । दिलशाले म नआउने भएपछि आपनो विवाह रद्द गरेकी रहिछन् । केटा पनि राम्रै छानेकी रहिछ । केटाको विशेष कारणले अकस्मात विवाह गर्नुपर्ने भएको थाहा पाउँदा म लज्जित भएँ ।
विवाहपछि यो मेरो उनीसँगको पहिलो भेट हुन गइरहेकोले म भोलिको दिनको पर्खाइमा थिए । सिताष्मा भने तीनदिन अगाडिदेखि विदा लिएर तयारीमा जुटेकी थिइन् । म भने अस्पालकै काममा व्यस्त
थिए । अस्पतालबाट घर पुग्नेविध्किै रिसले चुर भएकी सिताष्माले मलाई गाली गर्न थालिन् । त्यत्तिकैमा अस्पतालबाट एउटी सात-आठ बर्षकी बच्चीको हालत खराब भएकोले तुरुन्त आउन भनदै फोन आयो । म सिताष्मालाई मनाएर तुरुन्त अस्पतालतर्फ लागे । बाटो सुनसान थियो । पानी अझै थाम्मिइसकेको थिएन । केही पर पुगिसकेपछि एकजना कालो वर्णको अग्लो व्यक्तिले गाडी रोक्न भने । मैले लिपट मागेको ठानेर गाडी रोकी ढोका खोलिदिए । गाडिभित्र छिर्नेवित्तिकै उसले बन्दुक देखाउँदै मलाई बाहिर निस्कन भन्यो । ऊ निकै आत्तिएको थियो । निथ्रुक्क भिजेको थियो । भद्दा शरीर, अग्लो ज्यान र बन्दुककोसामु म निरीह भएँ । उसले आपनो नाक र मुख रातो रुमालले ढाकेको थियो । म कुनै ढिलाइ नगरी बाहिर निस्किएँ । म निस्कनेवित्तिकै उसले गाडी तीव्र गतिले दौडायो । म बीच बाटोमा अलपत्र परे । मैले मोबाइलबाट प्रहरीलाई फोन गरे । केहीबेरमै प्रहरी आइपुग्यो । अगाडिको बाटो अविरल बर्षले भत्काएकोले अपराधी टाढा भाग्न नसक्ने भन्दै प्रहरीले चिन्ता नलिन भन्यो । त्यो व्यक्ति जेलबाट भागेको अपराधी रहेछ । तर मेरो चिन्ता तुरुन्त अस्पताल पुर्याइदिन भने । उनीहरुले मलाई वैकल्पिक बाटोबाट अस्पताल पुर्याइदिए । अस्पताल पुग्दा बच्चीमा क्रमिक सुधार आइसकेको थियो । उनीमा बोल्न सक्नेसम्मको सुधार भइसकेको थियो । म मेरा कनिष्ठ डाक्टरहरुलाई सल्लाह दिई फकिदै थिए, त्यस बच्चीको कोठामा बाहिर
सिसाबाट मैले अघिको अपराधी बच्चीछेउ बसिरहेको देखे । उसले बच्चीको निधारमा हात राख्दै मायालु भाव दर्साइरहेको थियो । र, बच्ची पनि उ सँग खुशी देखिन्थन । म एकछिन अलमलमा परे, के गरु भनेर । त्यत्तिकैमा नर्सले मेरो फोन आएको सङ्केत गरिन् । म फोन उठाउन गएँ । फोन प्रहरीले गरेको रहेछ । त्यतिबेला मेरो होश उड्यो जब मैले मेरो गाडी र अपराधी दुवै दुधटनामा परको र सो अपराधीको घटनास्थलमै केहीबेर अघि मृत्यु भएको भन्ने सूचना पाएँ । त्यत्तिकैमा अस्पतालको टि.भी.मा साही दृश्य समाचार मा देखे । दृश्यमा गाडीको अवस्था र चालकको लाशलाई देखाइएको थियो । मैले आपनो आँखा माथि विश्वास गर्न सकिन । र, कुन कुरालाई पत्याउने भनेर निर्णय लिन सकिन । म हत्तपत्त दौडेर त्यस बच्चीलाई राखिएको कोठामा छिरे । कोठामा अघि मैले देखेको मान्छे थिएन । यताउता खोजे तर देखिन । म फेरि कोठामा गएर उनको फाइल पल्टाएर हेर्दा उनको बाबुको नाम र समाचारमा देखाइएको
अपराधीको नाम एउटै थियो । मैले बच्चीलाई अघि आउने मान्छे को हो ? भनेर सोध्दा, मलिन स्वरमा, "मेरो बाबा, अब उहाँ कहिल्यै नआउने रे ⁄" भन्ने जवाफ दिइन् । म झस्किए । उनलाई सानच्वना दिएर कोठाबाट निस्कने बेलामा फेरि उनलाई फर्केर हेर्दा बच्ची मुस्कुराइरहेकी थिइन् र उनको बेडनजिकैको टेबलमा ठ्याक्कै तयही रातो रुमाल थियो, जुन रुमालले अघि त्यस अपराधीले आपनो नाक र मुख छोपेको थियो । म सपना हो कि, विपना हो भनेर छुट्याउन सक्ने अवस्थामा थिइन ।
म अस्पतालको गाडीमा घर र्फकने क्रममा अनगिन्ती फोनहरु आइरहेका थिए । श्रीमती, छोरा, आफन्त र ईष्टामित्रहरुको जवाफ दिन सक्ने अवस्थामा म थिइन । म आफैले आफूमाथि प्रश्नहरुको बर्सात गर्दै आपनै जवाफहरुबाट म विचलित भइरहेको थिए । त्यो अनपेक्षित घटना एउटा संयोग बनेर आएको थियो । एउटा बुवा र उसको सन्तानवीचको प्रगाढ मायाको एउटा अद्भूत नमुना पेश गरेर गएको थियो । त्यो पनि म र मेरी प्यारी छोरीको बर्षौपछिक भटे हुने दिनको ठीक एकदिन अगाडि । विशेषगरी मेरो आपनो यस संसारकै उत्कृष्ट बुवा भन्ने अहम त्यसैदिन देखि चकनाचुर भएको अनुभूति गरे । मलाई जिन्दगीमा पहिलोपल्ट नराम्रोसंग हारेको पीडा भइर⋲यो । भनिन्छ, मृत्युपछि शरीरसँगै मायामोहको बन्धन समाप्त हुन्छ । तर प्रेमको बन्धन यति बलियो हुँदोरहेछ कि यसले मृत्युपछिको संसारलाई पनि आपनो नियन्त्रणमा राखेको हो कि, भन्ने एउटा
प्रश्न खडा गरि दियो । त्यसमाथि मृत्युपछि सबचीजको अन्त्य हुन्छ र मृत्युपछिको संसार भनेको भ्रम हो भन्ने मेरो विश्वासको जडलाई यस घटनाले कमजोर बनाइदियो । ममा यस घटनाले पैदा गरेका अनगिन्ती सवालहरुको उत्तर न त मसँग नै छ, न त म खोज्न नै सक्छु ।
गाडी विस्तारै अगाडि बढ्दै थियो गाडीमा एउटा गीत बज्दै थियो जसमा बुवा र छोरीको मायाको वर्णन गरिएको थियो । ममा भोलिपल्ट छोरीलाई भेट्ने खुशी त छँदै थियो ।
समाप्त