Esewa Nepal
musical concert / fashion show
Latest Update/ Daily News/ Daily Music Video/ Daily mp3 songs/ Weekly Countdown/ Interview - Pramod Nirwan/ Music Video of The Week - Maichyang Jaynmara by Sanjeev Singh / Rajina Rimal @ Frankly Speaking / Sameer Acharya @ Profile/ Sanu Shakya @ Model Watch/ मिडिया प्रतिको क्रेज आम युवामा किन ? - (Lets Talk About it) / पार्किङको नाममा ठेकेदारको ब्रह्मलुट- (Article). ::
अनुत्तरित-२  [Updated on 2012-08-08]
By: प्रदिप राजभण्डारी 3344 views 0 Comments
The article below has been reproduced exactly the way it was sent to us by the contributor. No editing of any nature has been done so as to keep the authenticity of the writer's experience in his/her own words intact.(except for spelling corrections for obvious reasons) --- Editor (www.fursad.com)

दिनभरिको भारी बर्षात बिस्तारै थामिँदै थियो । बाटो भिजेकोले गाडीको गति मन्द पारेको थिएँ । सिमसिम परेको पानीमाथि परेका सडकबत्तीको प्रकशले तयार पारेका बिम्बहरुले त्यस चिसो मौसमलाई अझ रोमाञ्चक तुल्याएको थियो । सुनसान भिजेको सडक, फाट्टफुट्ट चलिरहेका साना गाडीहरुले त्यस दृश्यमा अझ रौनकता थप्दै थियो । म त्यसदिन औघि खुशी र उत्साहित थिएँ ।
 



किनकि मेरी छोरी दिलाशा विवाह गरे बेल्जियममा बस्न थालेपछि मेरो पहिलोपल्ट प्रत्यक्ष भेट हुँदै थियो । हुन त गएको डेढ वर्षमा दिलाशासँग ई - मेल र फोनमार्फत भेट भए पनि प्रत्यक्ष भेट एकदिनपछि मात्र हुन लागेकोले मेरो खुशीको सीमा नै थिएन । मेरो दुई सन्तान सशाङ्क र दिलाशामध्ये दिलाशा मसँग ज्यादा नजिक थिइन् भने सशाङ्क उसकी आमा सिताष्मासँगदिलाशा मेरी छोरीमात्र नभइकन मेरो अत्यन्त करिबकी साथी थिइन् र म उनको । हामीबीचको प्रगाढ सम्बन्ध एउटा सामान्य बाबु र छोरीबीचको भन्दा माथि थियो । उनी आपना प्रायः कुराहरु मसँग बजबचभ गर्थिन् । र, म उनीसँग । उनका अपरि पक्व निर्णयलाई मैले सिधै नकार्नुको साटो एक परिपक्व बाबुको हिसाबले सम्झाइबुझाइकन समाधानतिर लगिदिन्थेँ ।अनि हरेक नयाँ कामको थालनी गर्नुअघि मसँग स्वीकृति लिने गर्थिन । जब म उनका समस्याहरु हृल गरिदिन्थे, उनी मलाइ अङ्गालो मार्दै । "I love you papa, you are the best" भन्ने गथिएन । सिताष्माचाही बेलाबेलामा, "तपाईले छोरीलाई बिगार्दै हुनुहुन्छ" । भन्दै गुनासो गर्थिन । तर म चनाखो थिएँ । 



"मलाई सही के हो र गलत के हो थाहा छ, छोराछोरीलाई माया गर्नु र पुल्पुल्याउनु फरक कुरा हो"
। भन्ने कुरा उनीहरुले अहिले पाएको सफलताबाट प्रष्ट हुन्छ । त्यसैले मैले आफूलाई एक सफल र असल पिताको रुपमा लिने गरेको छु । 




छोरा सशाङ्कलाई पनि मैले दिने मायाममता र अभिभावकत्वमा कुनै कसर राखिनँ । राख्ने कुरा पनि भएन । आखिर दुवैजना मेरा आँखाका नानी हुन् । फरक यत्ति हो, उसँगको मेरो सम्बन्ध एउटा स्वभाविक र सामान्य बाबुछोराको सम्बन्ध भन्दा माथि उठ्न सकेन वा मैले उठाउन सकिनँ । तैपनि आज ऊ मेरै पेशामा स्थापित हुन सकेको छ । ऊ पनि एक असल छोराको रुपमा आफूलाई प्रमाणित गर्न लागिपरेको छ । मखुशी छु । सन्तुष्ट छु । तर यसका पछाडि मेराभन्दा ठूलो हात सिताष्माको छ । यिनीहरुको लालनपालनमा उनको भूमिका मेरो भन्दा कैयौगुना माथि छ । आज उनीहरु जे छन्, म जहाँ सन्तुष्टी प्रकट गर्छु त्यसको पूरा श्रेय उनलाई जान्छ । जब हामी बुवाआमा भयौ, तीस बर्षअगाडि ल०डनको चिसोमा हाम्रो क्यारियरको टुसा भर्खर मात्रै पलाएको थियो । त्यसमाथि जुम्ल्याहा बच्चाको स्याहार गर्न चानचुने कुरा थिएन । उनले आपनो क्यारियर नै दाउमा लगाइन् । केही वर्ष आपनो मेडिकल प्रेक्टिसलाई अल्पविराम दिइन् । जसले गर्दा उनले आपनो लाइसेन्स प्राप्तिका लागि ठूलै मेहनत गर्नुपर्‍यो । तर समय वितेको पत्तै भएन । हिजोसम्म तोते बोलीमा पापा-मामा भन्दै लर्खराउँदै हिड्ने कोमल पाइलाहरु आज आफै मजबुत भएर स्वतन्त्र भइसकेका छन् । दिलशा र मबीच झगडा भएमा जसको रिस पहिला शानत हुन्थ्यो उसैले मनाउने गथ्र्यो । यो सब देखर सशाङ्क, " अब नाटक सुरु भयो" । भन्दै गिज्याउने गथ्र्यो । यसैगरी दिनहरु वित्दै गए । तर एकदिन दिलाशा ठूली भइसकिछन् भन्ने कुराको ज्ञात त्यतिबेला भयो, जब उनले अकस्मात विवाहको निर्णय गरिन् । त्यो पनि म फिन्ल्याण्डमा एउटा कार्यक्रममा सहभागी हुन गएको बेला । म त्यहाँ छँदा उनले फोन गरेर विवाह गर्न लागेको भन्दै छिट्टै लण्डन र्फकन भनिन् । म चकित भएँ । यत्रो ठूलो निर्णय गर्दा एकवचन पनि नसोधेकोमा रिसको सिमा रहेन । "म आउँदिन, म नभएर तिम्रो विवाह रोकिन्न" । भनेर कठोर जवाफ दिए । मैले उनको विवाहको बारेमा सजाएका सम्पूर्ण सपनाहरु च्कनाचुर भएको जस्तो लाग्यो । केही दिन त कार्यक्रममा व्यस्त भएँ तर मनलाई थाम्न सकिन ।आखिर छोरीप्रतिको मायाले मलाई पग्लिन बाध्य बनायो । आँखाअगाडि सम्झनाका तरङ्गहरु प्ैदा हुन थाले । अनि आँसुका धाराहरु थाम्नै नसक्ने गरी बग्न थाले । दुई हप्ताको कायक्रम बीचमै छाडेर विवाह हुने भनेको दिन म लण्डन फर्किए । घरमा कुनै चहलपहल थिएन । म पुग्नेबित्तिकै दिलाशाले मलाई अङ्गालो मार्दै रुन थालिन् । मैले पनि आपनो मन थाम्न सकिन । सशाङ्क सधैझै आपनो पुरानो नाटक सुरु भयो भन्ने भनाइ दोहोर्‍याउदै थियो । दिलशाले म नआउने भएपछि आपनो विवाह रद्द गरेकी रहिछन् । केटा पनि राम्रै छानेकी रहिछ । केटाको विशेष कारणले अकस्मात विवाह गर्नुपर्ने भएको थाहा पाउँदा म लज्जित भएँ ।
 



विवाहपछि यो मेरो उनीसँगको पहिलो भेट हुन गइरहेकोले म भोलिको दिनको पर्खाइमा थिए । सिताष्मा भने तीनदिन अगाडिदेखि विदा लिएर तयारीमा जुटेकी थिइन् । म भने अस्पालकै काममा व्यस्त थिए । अस्पतालबाट घर पुग्नेविध्किै रिसले चुर भएकी सिताष्माले मलाई गाली गर्न थालिन् । त्यत्तिकैमा अस्पतालबाट एउटी सात-आठ बर्षकी बच्चीको हालत खराब भएकोले तुरुन्त आउन भनदै फोन आयो । म सिताष्मालाई मनाएर तुरुन्त अस्पतालतर्फ लागे । बाटो सुनसान थियो । पानी अझै थाम्मिइसकेको थिएन । केही पर पुगिसकेपछि एकजना कालो वर्णको अग्लो व्यक्तिले गाडी रोक्न भने । मैले लिपट मागेको ठानेर गाडी रोकी ढोका खोलिदिए । गाडिभित्र छिर्नेवित्तिकै उसले बन्दुक देखाउँदै मलाई बाहिर निस्कन भन्यो । ऊ निकै आत्तिएको थियो । निथ्रुक्क भिजेको थियो । भद्दा शरीर, अग्लो ज्यान र बन्दुककोसामु म निरीह भएँ । उसले आपनो नाक र मुख रातो रुमालले ढाकेको थियो । म कुनै ढिलाइ नगरी बाहिर निस्किएँ । म निस्कनेवित्तिकै उसले गाडी तीव्र गतिले दौडायो । म बीच बाटोमा अलपत्र परे । मैले मोबाइलबाट प्रहरीलाई फोन गरे । केहीबेरमै प्रहरी आइपुग्यो । अगाडिको बाटो अविरल बर्षले भत्काएकोले अपराधी टाढा भाग्न नसक्ने भन्दै प्रहरीले चिन्ता नलिन भन्यो । त्यो व्यक्ति जेलबाट भागेको अपराधी रहेछ । तर मेरो चिन्ता तुरुन्त अस्पताल पुर्‍याइदिन भने । उनीहरुले मलाई वैकल्पिक बाटोबाट अस्पताल पुर्‍याइदिए । अस्पताल पुग्दा बच्चीमा क्रमिक सुधार आइसकेको थियो । उनीमा बोल्न सक्नेसम्मको सुधार भइसकेको थियो । म मेरा कनिष्ठ डाक्टरहरुलाई सल्लाह दिई फकिदै थिए, त्यस बच्चीको कोठामा बाहिर सिसाबाट मैले अघिको अपराधी बच्चीछेउ बसिरहेको देखे । उसले बच्चीको निधारमा हात राख्दै मायालु भाव दर्साइरहेको थियो । र, बच्ची पनि उ सँग खुशी देखिन्थन । म एकछिन अलमलमा परे, के गरु भनेर । त्यत्तिकैमा नर्सले मेरो फोन आएको सङ्केत गरिन् । म फोन उठाउन गएँ । फोन प्रहरीले गरेको रहेछ । त्यतिबेला मेरो होश उड्यो जब मैले मेरो गाडी र अपराधी दुवै दुधटनामा परको र सो अपराधीको घटनास्थलमै केहीबेर अघि मृत्यु भएको भन्ने सूचना पाएँ । त्यत्तिकैमा अस्पतालको टि.भी.मा साही दृश्य समाचार मा देखे । दृश्यमा गाडीको अवस्था र चालकको लाशलाई देखाइएको थियो । मैले आपनो आँखा माथि विश्वास गर्न सकिन । र, कुन कुरालाई पत्याउने भनेर निर्णय लिन सकिन । म हत्तपत्त दौडेर त्यस बच्चीलाई राखिएको कोठामा छिरे । कोठामा अघि मैले देखेको मान्छे थिएन । यताउता खोजे तर देखिन । म फेरि कोठामा गएर उनको फाइल पल्टाएर हेर्दा उनको बाबुको नाम र समाचारमा देखाइएको अपराधीको नाम एउटै थियो । मैले बच्चीलाई अघि आउने मान्छे को हो ? भनेर सोध्दा, मलिन स्वरमा, "मेरो बाबा, अब उहाँ कहिल्यै नआउने रे ⁄" भन्ने जवाफ दिइन् । म झस्किए । उनलाई सानच्वना दिएर कोठाबाट निस्कने बेलामा फेरि उनलाई फर्केर हेर्दा बच्ची मुस्कुराइरहेकी थिइन् र उनको बेडनजिकैको टेबलमा ठ्याक्कै तयही रातो रुमाल थियो, जुन रुमालले अघि त्यस अपराधीले आपनो नाक र मुख छोपेको थियो । म सपना हो कि, विपना हो भनेर छुट्याउन सक्ने अवस्थामा थिइन । 




म अस्पतालको गाडीमा घर र्फकने क्रममा अनगिन्ती फोनहरु आइरहेका थिए । श्रीमती, छोरा, आफन्त र ईष्टामित्रहरुको जवाफ दिन सक्ने अवस्थामा म थिइन । म आफैले आफूमाथि प्रश्नहरुको बर्सात गर्दै आपनै जवाफहरुबाट म विचलित भइरहेको थिए । त्यो अनपेक्षित घटना एउटा संयोग बनेर आएको थियो । एउटा बुवा र उसको सन्तानवीचको प्रगाढ मायाको एउटा अद्भूत नमुना पेश गरेर गएको थियो । त्यो पनि म र मेरी प्यारी छोरीको बर्षौपछिक भटे हुने दिनको ठीक एकदिन अगाडि । विशेषगरी मेरो आपनो यस संसारकै उत्कृष्ट बुवा भन्ने अहम त्यसैदिन देखि चकनाचुर भएको अनुभूति गरे । मलाई जिन्दगीमा पहिलोपल्ट नराम्रोसंग हारेको पीडा भइर⋲यो । भनिन्छ, मृत्युपछि शरीरसँगै मायामोहको बन्धन समाप्त हुन्छ । तर प्रेमको बन्धन यति बलियो हुँदोरहेछ कि यसले मृत्युपछिको संसारलाई पनि आपनो नियन्त्रणमा राखेको हो कि, भन्ने एउटा प्रश्न खडा गरि दियो । त्यसमाथि मृत्युपछि सबचीजको अन्त्य हुन्छ र मृत्युपछिको संसार भनेको भ्रम हो भन्ने मेरो विश्वासको जडलाई यस घटनाले कमजोर बनाइदियो । ममा यस घटनाले पैदा गरेका अनगिन्ती सवालहरुको उत्तर न त मसँग नै छ, न त म खोज्न नै सक्छु ।
 




गाडी विस्तारै अगाडि बढ्दै थियो गाडीमा एउटा गीत बज्दै थियो जसमा बुवा र छोरीको मायाको वर्णन गरिएको थियो । ममा भोलिपल्ट छोरीलाई भेट्ने खुशी त छँदै थियो । 

समाप्त



More Articles ...

पार्किङको नाममा ठेकेदारको ब्रह्मलुट
स–सुल्क पाकिङ्ग स्थल लेखिएको स्थानमा 'parking at your own risk' भन्ने बोड झुन्डाईएको हुन्छ , ... www.fursad.com

सहयोगी हातहरुलाई आग्रह
उपल्लो डोल्पामा हाम्रा आफ्नै दिदीबहिनी तथा दाजुभाईहरुलाई आफ्नो सानोभन्दा सानो आवश्यकता पुरा गर्न पनि निकै गाह्रो भईरहेको छ । त्यहाँका मानिसहरुलाई शिक्षा, स्वास्थ्य तथा जनचेतना जगाउँन हेतुले एकल व्यक्ति....... www.fursad.com

I love you too
It’s been quite a journey and I have enjoyed it................. www.fursad.com

 
 
Nep Tel Life & Times Free Download Mp3 Onlne Radio , quality stock photos, high quality stock photography, quality stock photos, nepali articles, article writing, views, thoughts,nepali society,nepali artist, celebrities,bands,singers,actors,actresses,models profiles,interviews,thoughts,bands profiles,celebrities profiles,singers profiles,musician profiles etc. interview and profiles of nepali artist,nepali celebrities,nepali singers,nepali personalities,nepali djs', nepali bands. articles for nepalese, article about nepal, articl merokhabar Tapting Sherpa